
कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब बजेट
सुर्खेत। कर्णाली प्रदेश सरकारले ३३ अर्ब बढी बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले शुक्रबार प्रदेशको आर्थिक बर्ष ०८०/८१ को बजेट प्रस्तुत गरेका छन्। आगामी आर्थिक बर्षको कुल बजेट ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार छ।
कुल बजेटमध्ये कर्णाली प्रदेश सरकारले ९ अर्ब २० लाख २४ हजार रुपैयाँ अर्थात २६.९७ प्रतिशत चालुतर्फ खर्च गर्नेछ। पुँजीगत खर्चका लागि १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रुप