तामझामसाथ मनोनयन दर्ता
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेकपा र नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मतको आधारमा नेकपाको जित निश्चितजस्तै भए पनि कांग्रेस उम्मेदवार उत्साहसाथ मनोनयनमा सामेल भएका थिए ।
कांग्रेसका तर्फबाट डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले उम्मेदवारी दिएका छन् । पाठकको प्रस्तावकमा प्रदेशसभा सदस्य यज्ञबहादुर विसी तथा समर्थकमा गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुन छन्








